काठमाडौं जेभियर्स र चैतन्य भिड्ने

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । काठमाडौं जेभियर्स र चैतन्य संस्कार शिक्षालय ११औँ प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजको फाइनलमा प्रवेश गरेका छन् ।

काठमाडौं जेभियर्सले एआइएलाई ३२-१४ तथा चैतन्यले सूर्योदयलाई ११-८ ले पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन् । सिनियर ब्वाइजमा चैतन्यले डेनेबलाई ३०-२६, स्प्याङ्गलले सेन्टपललाई २१-१९, एआइएले भद्र घलेलाई ४१-१७ र हेम्सले काठमाडौं जेभियर्सलाई ४३–४० ले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

प्याब्सन मध्य क्षेत्रीय कमिटी, काठमाडौंद्वारा आयोजित प्रतियोगिताको सिनियर गल्र्समा चैतन्यले सिर्जनशीललाई १७–११, काठमाडौं जेभियर्सले भद्र घलेलाई ९-३, स्वप्नवाटिकाले स्प्याङ्गललाई १९-८ र इनोभेटिभले हेम्सलाई १७-६ ले पाखा लगाउँदै सेमिफाइनलमा यात्रा तय गरे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?