यस्तो छ तपाईंको भाद्र २९ गते बुधबारको राशिफल

हिमालय टाइम्स
Read Time = 2 mins

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज मिति २०७९ साल भाद्र २९ गते बुधबार, ई.सं.- १४ सेप्टेम्बर, २०२२ । तिथि- आश्विन कृष्णपक्ष चतुर्थी, १२ः२४ बजे उप्रान्त पञ्चमी, नक्षत्र- अश्विनी, ९ः५८ बजे उप्रान्त भरणी, योग- ध्रुव, करण- वालव, चन्द्रराशि- मेष, सूर्योदयः ५ः४९, सूर्यास्तः १८ः०८ ।

मेष : विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ ।

वृष : आफन्तका बीचमा खटपट, चिन्ता र शंका उब्जने छ ।

मिथुन : मान्यजनको सुझावलाई नमान्नाले काम बिग्रन सक्छ ।

कर्कट : व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ ।

सिंह : फाइदाका पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्न सक्छ ।

कन्या : समयमा होस नपुग्नाले काम रोकिन सक्छ ।

तुला : प्रशंसकहरू बढ्नेछन्, आक्षेप लगाउनेहरू निष्क्रिय हुनेछन् ।

वृश्चिक : शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् ।

धनु : पुरानो समस्या सुल्झाउन कठिन हुनेछ ।

मकर : अवसरको खोजीमा असाध्यै दौडधुप गर्नुपर्ने दिन छ ।

कुम्भ : उद्योग तथा बन्दव्यापारबाट राम्रो फाइदा लिन सकिनेछ ।

मीन : यात्रामा पनि झण्झट आइलाग्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?