काठमाडौं । स्पेनिस ला लिगामा रियल म्याड्रिड पहिलो स्थानमा उक्लिएको छ । शनिबार लास पालमासविरुद्ध २–१ को पुनरागमन जित निकाल्दै रियल शीर्ष स्थान उक्लिएको हो ।
रियलको जितमा भिनिसियस जुनियर र औरेलिन चुवामेनीले गोल गरे ।
लास पालमासका लागि ५३औं मिनेटमा गोल गर्दै जाभियर मुनोजले सुरुवाती अग्रता दिलाएका थिए । तर रियलले दोस्रो हाफमा दुई गोल गर्दै जित निकाल्यो ।
६५औं मिनेटमा एडवार्डो कामाभिंगाको सुन्दर पासमा गोल गर्दै भिनिसियसले खेललाई बराबरीमा ल्याएका थिए । दोस्रो गोल ८४औं मिनेटचुवामेनीले हेडर मार्फत गरे ।
जित पछि रियल २१ खेलमा ५४ अंक सहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच