प्रविधिक समस्या देखिएर काठमाडौं फर्काइएको विमान उडाइँदै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । जापानको नारिताका लागि उडेको नेपाल वायुसेवा निगमको वाइडबडी विमानमा समस्या आएपछि उडेको १५ मिनेटपछि काठमाडौंमै फर्किएको छ।

मंगलबार राति १० बजेर ३५ मिनेटका लागि जापानको नारिताका लागि उडेको  RA-433  कलसाइन भएको जहाज काठमाडौं विमानस्थल छाडेको १५ मिनेटमै काठमाडौं फर्काइएको हो।

राति ११ बजे जापानको लागि उडेको निगमको वाइडबडी जहाजमा धुँवा देखिएको भन्दै जहाज काठमाडौं विमानस्थल नै फर्काइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।। जहाजमा १८४ जना यात्रु थिए।

चालकदलले जहाज काठमाडौंमा अवतरण गएपछि निगमले अर्को जहाज नभएका कारण ती यात्रुहरूलाई राति सिनामंगलमा रहेको एयरपोर्ट होटल र ज्ञानेश्वरको काभेरी इन होटलमा राखेको थियो।

राति काठमाडौं नै फर्किएको जहाज अहिले बिहान ९ बजे जापान उडानको तयारी भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?