शेयरबजार मापक परिसूचक नेप्से ४७.४४ अंकले बढ्यो

Read Time = 2 mins

काठमाडौं । आज शेयरबजार मापक परिसूचक नेप्से ४७.४४ अंकले बढेर १९८१.४८ बिन्दुमा उक्लिएको छ ।

बजार बढेसँगै ठूला कम्पनीको सूचक मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ९.१९ अंकले बढेर ३८५.३६ बिन्दु कायम भएको छ ।

यस दिन कारोबारमा आएका २२७ वटा कम्पनीको ३१ हजारपटकको कारोबारमा १ अर्ब ४५ करोड ३८ लाख २४ हजार रुपैयाँबराबरको ४६ लाख १८ हजार कित्ता शेयर किनबेच हुन गयो । अघिल्लो कारोबारका दिनको तुलनामा आज कारोबार रकम पनि बढेको छ ।

यस्तै, १३ वटै उपसमूहका सूचक उकालो लाग्दा व्यापार र फाइनान्स समूहको सूचक ५ प्रतिशतभन्दा बढीले बढेको छ ।

आज १८४ वटा कम्पनीका लगानीकर्ताले कमाएका छन् भने पाँचवटा कम्पनीका लगानीकर्ताले गुमाएका छन् । ग्रीन डेभलपमेन्ट बैंकको शेयरमूल्यमा सकारात्मक सर्किट लाग्दा शेयरमूल्य बढेर प्रतिकित्ता २७३ रुपैयाँ कायम हुन गयो ।

यस्तै, बजार बढे पनि एनआईसी एशिया फ्लेक्सीको शेयरमूल्य १० प्रतिशतले घटेर प्रतिकित्ता ९ रुपैयाँ हुन गयो । साथै, आज सर्वाधिक शेयर कारोबार भने नबिल बैंकको भएको छ । यस बैंकको ६ करोड ५१ लाख ६९ हजार रुपैयाँबराबरको शेयर कारोबार हुँदा शेयरमूल्य प्रतिकित्ता ७९९ रुपैयाँ पुगेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?