खुला टेबल टेनिस हुने

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । काठमाडौं जिल्ला टेबल टेनिस संघको आयोजनामा १२औँ पूर्णमान बज्राचार्य स्मृति राष्ट्रिय खुला टेबल टेनिस प्रतियोगिता फागुन २५ गतेदेखि हुने भएको छ ।

प्रतियोगितामा पुरुष/महिला सिंगल्स खुला, स्कुल, कलेज, भेट्रान, बहिरा, शारीरिक अपांग भएका, दृष्टिविहीन र खेल पत्रकारका गरी जम्मा ३४ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजकका अध्यक्ष धर्ममान बज्राचार्यले जनाउनुभएको छ ।

अखिल नेपाल टेबल टेनिस संघको वार्षिक कार्यक्रमअनुसार हुन लागेको प्रतियोगितामा करिब ३ सय खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ ।

‘सबैका लागि टेबल टेनिस’ भन्ने नाराका साथ हुन लागेको प्रतियोगिताको पुरुष/महिला सिंगल्समा पहिलो हुनेले ५० हजार, दोस्रोले २५ हजार र तेस्रोले १०-१० हजार नगद पुरस्कार पाउनेछन् ।

फागुन २९ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरू लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुनेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?