टिभिएसको ‘कायापलट’ का भाग्यशाली

Read Time = 2 mins

काठमाडौं । नेपालस्थित टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले चाडपर्वलाई मध्यनजर गर्दै ‘कायापलट’ योजना सार्वजनिक गरेको आठौं दिन धापासी निवासी भुजेन्द्र सरु मगरले बौद्ध टुसालको अटो साउन्ड ट्रेडर्स प्रालिबाट एन्टर्क १२५ रि एफआई स्कुटर खरिद गर्दा शतप्रतिशत क्यासब्याक पाउन सफल हुनुभएको छ ।

स्याङ्जाको मनकामना १ निवासी इमबहादुर गुरुङले बुटवलको बालाजी अटोमोबाइल्सबाट एन्टर्क १२५ एफआई स्कुटर नकिन्दै चार हजार र किनेपछि एक लाख गरी एक लाख चार हात पार्दै भाग्यको कायापलट गर्नुभएको छ भने ललितपुरका असनकुमार राईले बालकुमारीको न्याब इन्जिनियरिङबाट एन्टर्क १२५ एफआई स्कुटर नकिन्दै २५ हजार र किनेपछि एक हजार गरी २६ हजार रुपैयाँ प्राप्त गर्नुभएको छ । योजनाबारे सोधपुछ गर्ने आठजना ग्राहकले रियलमी सी ३० स्मार्टफोन प्राप्त गरेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार योजनाअन्तर्गत ग्राहकले टिभिएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा पाँचपटकसम्म आकर्षक उपहार प्राप्त गर्न सक्छन् । नकिन्दै एक लाख र किनेपछि १० लाखसम्म जित्ने मौका रहेको छ । हरेक दिन योजनाबारे सोधपुछ गर्ने एक भाग्यशालीले रियलमी सी ३० स्मार्टफोन, हरेक हप्ता एक खरिदकर्ताले सम्पूर्ण नगद फिर्ता र एक भाग्यशालीले बम्पर उपहार ५० लाखको नगद पुरस्कार प्राप्त गर्नेछन् । योजनामा बबाल फाइनान्स अफर पनि समावेश छ । जसअन्तर्गत २० प्रतिशत डाउन पेमेन्ट वा चार हजार दुई सय रुपैयाँ मासिक इएमआईमा बाइक तथा स्कुटर खरिद गर्न सकिनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?