स्वीडेनका प्रधानमन्त्रीद्वारा राजीनामा

Read Time = 2 mins

स्टकहोम । आमनिर्वाचनमा दक्षिणपन्थी समूह झिनो बहुमतले विजयी भएपछि स्वीडेनका प्रधानमन्त्रीले औपचारिक रूपमा राजीनामा गर्नुभएको छ । स्वीडेनको सोसियल डेमोक्र्याटिक दलका प्रधानमन्त्री म्याग्डालेना एन्डरसनले स्वीडेनको संसद्मा राष्ट्रवादी एवं अध्यागमनविरोधी समूह सम्मिलित दक्षिणपन्थी समूहले झिनो बहुमत पाएपछि राजीनामा दिनुभएको हो ।

एन्डरसनले स्वीडेनको तीन ३४९ सदस्यीय संसद् रिक्सडागका सभामुख एन्ड्रियास नोर्लेनसमक्ष औपचारिकरूपमा बिहीबार राजीनामा दिनुभएको हो । सभामुखले उहाँको राजीनामा स्वीकृत गर्नुभएको छ । उहाँले नयाँ सरकार गठन नभएसम्म कामचलाऊ प्रधानमन्त्रीका रूपमा कार्यभार सम्हाल्नुहुनेछ ।

सभामुख नोर्लेनले आगामी साता पार्टीका नेताहरूसँग वार्ता सुरु गर्ने जानकारी दिनुभएको छ । उहाँले दक्षिणपन्थी नेता उल्फ क्रिस्टर्सनलाई गठबन्धन सरकार गठनको प्रयास गर्न आग्रह गर्ने अपेक्षा गरिएको छ । आइतबारको आमनिर्वाचनमा दक्षिणपन्थी समूहले १७६ र वामपन्थी समूहले १७३ स्थानमा जित हासिल गरेका थिए । रासस/एपी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?