जंगली च्याउ खाएर विरामी परेका एकै घरका दुईजनाको मृत्यु

विवेक खड्का दाङ, संवाददाता
Read Time = 1 min

दाङ । दाङको बंगलाचुली गाउँपालिकामा जंगली च्याउ खाएर विरामी परेका एकै घरका दुईजनाको मृत्यु भएको छ । अर्का एकजना गम्भिर विरामी भएका छन् । साउन २९ गते साँझ बंगलाचुली ४ भित्ताला जंगलबाट खोजेर ल्याएको जंगली च्याउ खाएर विरामी परेका तिन जना मध्य दुईजना एकै घरका आमाछोरीको मृत्यु भएको हो ।

जंगली च्याउ खाएर गम्भिर विरामी परेकी बंगलाचुली ४ मैकुटीमा वस्दै आएकी २७ वर्षिया ईश्वरी सुनारको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आज मृत्यु भएको हो ।

यस अघि उनकि ११ वर्षकी छोरी अस्मिता सुनारको साउन ३१ गते मृत्यु भएको थियो । त्यस्तै मृतक ईश्वरी सुनारका श्रीमान अजय सुनारको पनि स्वास्थ्य अवस्था गम्भिर रहेको छ । उहको अहिले राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भईरहेको छ । मृतक ईश्वरी सुनारको एक वर्ष नपुगेका एक छोरा, आठ वर्ष र चार वर्षकी दुई छोरी रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?