कुमारीको ‘धनवृद्धि रिकरिङ मुद्दती’ खाता

Read Time = 1 min

काठमाडौं । कुमारी बैंकले ‘धनवृद्धि रिकरिङ मुद्दती’ योजना ल्याएको छ । प्रारम्भिक बिज रकम छोटो समयमै पाँचदेखि सय गुणासम्म वृद्धि हुने योजना ल्याएको हो ।

नयाँ योजनाअन्तर्गत दुई वर्ष आठ महिना तीन दिनमा पाँच गुणा, पाँच वर्ष एक महिना ११ दिनमा १० गुणा, सात वर्ष पाँच दिनमा १५ गुणा, आठ वर्ष छ महिना २७ दिनमा २० गुणा, १४ वर्ष छ महिना १७ दिनमा ५० गुणा तथा १९ वर्ष नौ महिना १६ दिनमा सय गुणा वृद्धि हुनेछ ।

प्रारम्भिक बिज रकमको १० प्रतिशतको हिसाबले प्रत्येक महिना ग्राहकको बचत खाताबाट सो मुद्दती खातामा रकम जम्मा हुने बैंकले जनाएको छ । बैंकले ग्राहको चाहना तथा भविष्यको आवश्यकताअनुसार न्यूनतम १० हजारदेखि १० लाखसम्म प्रारम्भिक बिज रकम जम्मा गर्दा धनवृद्धि लक्ष्य प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?