छिटफुट घटनाबाहेक मतदान शान्तिपूर्ण नै भइरहेको छः गृहमन्त्री खाँण

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

रुपन्देही । गृहमन्त्री बालकृष्ण खाँणले देशभर शान्तिपूर्ण मतदान भइरहेको बताउनुभएकाे छ ।

गृहजिल्ला रुपन्देहीको मतदान केन्द्र अवलोकन गरिरहेका खाँडले छिटफुट घटनाबाहेक देशभर शान्तिपूर्ण मतदान भइरहेको बताउनु भएकाे हाे ।

‘मुलुकभरि शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भइरहेको छ,’ उहाँले सञ्चारकर्मीसँग भन्नुभयाे, ‘शान्तिपूर्ण रुपमै मतदान होस् भन्ने सबै क्षेत्रको चाहना रहेको र त्यसअनुसार सरकारले सुरक्षा व्यवस्थालाई कडा पारेको छ ।’

रूपन्देही ३ का उम्मेदवारसमेत रहेका गृहमन्त्री खाँणले सिद्वार्थनगर नगरपालिकाका विभिन्न वडामा रहेका मतदान स्थल अवलोकन क्रममा सो जानकारी दिनुभएकाे हाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?