एकीकृत समाजवादीको सचिवालय बैठक आह्वान

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । मन्त्रिपरिषद् विस्तारको तयारीमा रहेका सत्तारुढ गठबन्धनमा आवद्ध दल एकीकृत समाजवादी पार्टीले केन्द्रीय सचिवालयको बैठक आह्वान गरेको छ । मंगलबार  मध्यान्ह १२ बजे पार्टी कार्यालयमा बस्नेगरी सचिवालयको बैठक बोलाइएको हो ।

यसअघि बिहान एकीकृत समाजवादीका नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका थिए ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा  प्रधानमन्त्री प्रचण्डसँग भएको भेटमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, महाससचिव घनश्याम भुसाल, उपमहासचिव प्रकाश ज्वाला सहभागी हुनुभएकाे थियाे ।

प्रधानमन्त्रीसँगको भेटपछि बोलाइएको सचिवालय बैठकमा पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको विषयमा आवश्यक निर्णय लिइनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?