चोलेन्द्र शमशेरविरुद्धको महाअभियोग विषयमा सिफारिस समितिको छलफल सुरु

आजै प्रतिवेदन बुझाउने तयारी

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । निलम्बित प्रधानन्यायाधी चोलेन्द्र शमशेर जबराविरुद्ध लागेको महाअभियोगको विषयमा सिफारिस समिति छलफल सुरु भएको छ । जबरासँगको सुनुवाई र उहाँले पोलेका व्यक्तिहरूसँगको बयानपछि आज समितिको बैठक बसेको हो ।

बैठकले जबरामाथि महाअभियोग लगाउने वा नलगाउने निर्णय गर्ने समितिका सदस्यहरूले बताए । शनिबार बिहान सिफारिस समितिले जबरालाई पूरक प्रश्न सोधेको थियो । त्यसपछि समितिका सदस्यहरूलाई समितिको सचिवालयले तयार पारेको प्रतिवेदनको मस्यौदा बुझाएको थियो । अबको बैठकले उक्त प्रतिवेदनलाई अन्तिम रुप दिनेछ ।

निर्वाचन आयोगले प्रतिनिधिसभाको कार्यकाल शनिबार राति १२ बजेपछि सकिने भनेकाले सिफारिस समितिले आजै सभामुखलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?