गण्डकीको गाँठो फुकाउन मुख्यमन्त्री अधिकारीले भेटे प्रधानमन्त्री प्रचण्ड

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीबीच भेटवार्ता भएको छ ।

मुख्यमन्त्री अधिकारीले आज (मंगलबार) बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रचण्डसँग भेटवार्ता गर्नुभएको हो ।

उहाँहरूबीच समसामयिक राजनीति र गण्डकीमा मन्त्रिपरिषद विस्तारलगायतका विषयमा कुराकानी भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।

प्रदेशमा मन्त्रीपरिषद् विस्तारमा सकस भइरहेका बेला मुख्यमन्त्री काठमाडौं आउनुभएको हो । मुख्यमन्त्री अधिकारीले प्रदेशमा १२ बाट पाँचवटा मन्त्रालय खारेज गरेर अब सात मन्त्रालय बनाउनुभएको छ ।

त्यहाँ माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमान र राप्रपाका प्रदेश अध्यक्ष एवं सांसद पञ्चराम गुरूङ मन्त्री नियुक्त भइसक्नुभएको छ ।

अब गण्डकीमा तीन जना मात्र मन्त्री थपिनेछन् । यी तीन मन्त्रालयमा क(कसलाई मन्त्री बनाउने भन्ने सकस देखिएको छ । मुख्यमन्त्री अधिकारीले यिनै विषयमा प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?