काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोगका विषयमा निश्कर्ष लेख्ने जिम्मा महाअभियोग सिफारिस समितिका ज्येष्ठ सदस्य रामबहादुर विष्टले पाउनु भएको छ ।
शनिबार दिउँसो सुरु भएको बैठकमा चोलेन्द्रलाई महाअभियोग लगाउने वा नलगाउने विषयमा सत्तारुढ र प्रतिपक्षी दलका सांसदहरुबीच विवाद भएको थियो । त्यसपछि समितिको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्यलाई प्रतिवेदनको निश्कर्ष लेख्ने जिम्मा दिइएको एक सदस्यले बताए ।
यसअघि समितिले विभिन्न चरणमा राणा तथा उहाँले मुछ्नुभएका वकिलहरुसँग बयान लिएको थियो । त्यस्तै, बयानमा समितिले चोलेन्द्रलाई हस्ताक्षरसमेत गराइसकेको छ ।
२८० पृष्ठको प्रतिवदेन बुझाउने विषयमा समितिमा सबैको एक मत छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच