काठमाडौं । मधेशी र थारू महिलाले आज जितिया पर्व मनाउँदै छन्। सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र पर्व जितिया पर्वमा आजको दिनलाई नहा खा अर्थात नुहाएर खानु पनि भन्ने गरिन्छ ।
यो पर्व आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथिमा तीन दिनसम्म हर्षोल्लासका साथ मनाइन्छ ।
महिलाहरूले २४ देखि ३६ घण्टासम्म पानीसमेत नखाई थुक पनि ननिलि व्रत बस्ने हुनाले जितिया पर्वलाई महान एवं कठोर मानिन्छ ।
जितिया पर्वको मुख्य उद्देश्य मोक्ष प्राप्तिको कामना सँगै परिवारको कल्याण पनि रहेको मान्यता छ । पहिलो दिन नुहाएर घिउराको पातमा तेल खडी चढाएर महिलाहरूले आ(आफ्ना सन्तानको टाउकोमा लगाई दिन्छन् । त्यसपछि सधवा सुहागन महिलाहरू माछा एवम् कोदोको रोटी खाने गर्छन् भने विधवा महिलाहरू भात, चिउरा र कोदोको रोटी खाने परम्परा छ ।
शाकाहारी महिलाहरूले नजिकको पोखरी, ईनार, ताल कुवामा स्नान गरि गम्हरी (कोसा विभत्रै फल्ने धान) को खीर वा भात पनि खाने गरिन्छ । जितियापर्वको एका बिहानै महिलाहरु आचमन शुद्धि गरेर घिरौलाका पातमा तेल लगाई त्यसमाथि पिनाको अर्घ दिने गर्दछन् ।
त्यसपछि दिन रात उपवासमा बस्ने हुनाले छाक भरि भोजन गर्छन् । यता बिहानपख बच्चाहरू बिउँझेपछि रातिमा घिरौलाको पातमा चढाएको नैवेद्य स्वरुपको चिउरा, दही फलफूलसहित प्रसादीको रुपमा खान दिन्छन् । पारनका दिन अर्थात अन्तिम दिन बिहानै उठी ब्रतालु महिलाहरु नदी, पोखरी, ईनार ताल तलैयामा स्नान गरि घर फर्केर वेसारको पातमा चुडा, दही, फलफूल खान दिएर जितिया पर्व विधिवत रुपमा सम्पन्न हुन्छ ।
जितिया पर्वको अवसरमा मिथिलामा धेरै जसो ठाउँहरूमा जितिया प्रतिमा राखी पूजा आजासँगै विभिन्न सांस्कृतिक कार्यक्रमहरू समेत गर्ने गर्दछन् ।
राजा शालिवहानको राज्यमा एउटी महिलाका सात छोरालाई दैत्यले उठाएर लगेपछि राजाले सातै छोरालाई दैत्यबाट फिर्ता ल्याइदिएका कारण महिलाले त्यस दिनदेखि शालिवहानलाई ‘जिमतुवाहन’ नामकरण गरी राजाको सम्झनामा उपवास बस्न थालेकाले यो व्रत सुरु भएको पौराणिक कथन छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच