जुवातास खेलिरहेको अवस्थामा चार जना पक्राउ

Read Time = 1 min

कपिलवस्तु । शिवराज नगरपालिका–१ बस्ने ४५ वर्षीय खिमेन्द्र बोहराको घरमा जुवातास खेलिरहेको अवस्थामा ४ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ८३ हजार ५ सय ३५ रुपैयाँ, ५ सय भारतीय रूपैयाँ र नखोलेको १५ थान र खोलेको १३ थान गरी जम्मा २८ थान तास सहित पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?