टुकुचामाथि बनेका संरचना नभत्काउन उच्च अदालत पाटनको आदेश

Read Time = 1 min

काठमाडौं । टुकुचा खोलाको भूमिगत सुरुङमाथि बनेको घरहरु नभत्काउन उच्च अदालत पाटनले अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ । काठमाडौं महानगरपालिकाले हराएको टुकुचा खोला खोज्दै त्यसमाथि बनाएका संरचनाहरु भत्काउने तयारी गरेपछि उच्च अदालत पाटनले आइतबार उक्त आदेश गरेको हो ।

आज न्यायाधीश दिपेन्द्रबहादुर बमको एकस इजलासले यसबारे परेको रिटमाथि सुनुवाई गर्दै उक्त आदेश दिएको हो ।

उच्च अदालत पाटनले दुवै पक्षलाई ५ असोजमा बोलाएको छ । जेनेक्स इन्भेस्टमेन्ट, उत्तरमान लामा र प्रेसिडेन्ट ट्राभल्स एन्ड टुर्सका नाममा रहेको काठमाडौं महानगरपालिका ७ स्थित कित्ता नम्बर ७, ३०३८ र ३०३९ को जग्गाहरुमाथि बनेको घरहरु उचित क्षतिपूर्ति नदिई कानूनी रित नपुर्याई नभत्काउन अल्पकालिन आदेश दिएको हो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?