मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषदबाट ७७ जना नाम सिफारिस

Read Time = 1 min

काठमाडौं । न्याय परिषदले आगामी निर्वाचनका लागि ७७ जना जिल्ला न्यायाधीशको नाम सिफारिस गरेको छ ।

परिषदले आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा मुख्य निर्वाचन अधिकृतमा खटाउने गरी ७७ जना जिल्ला न्यायाधीशको नाम सिफारिस गरेको हो ।

साथै १७ जना जिल्ला न्यायाधीशलाई जगेडाको रुपमा खटाउने गरी नाम सिफारिस गरिएको छ । न्यायसेवाका ८८ जना कर्मचारीलाई निर्वाचन अधिकृतमा खटाउने गरी नाम सिफारिस गरिएको छ ।

निर्वाचनका लागि खटाउने कर्मचारीको नाम सम्बन्धित् कार्यालयले सिफारिस गरेपछि निर्वाचन आयोगले उनीलाई नियुक्त गरी काममा लगाउने संवैधानिक व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?