नेपालमा सुटिङ भएको हिन्दी फिल्म ‘उचाइ’ को पोस्टर सार्वजनिक

Read Time = 1 min

काठमाडौं । नेपालमा ६० प्रतिशतभन्दा बढी छायाँकन भएको हिन्दी फिल्म ‘उचाइ’ को पोस्टर सार्वजनिक गरिएको छ ।

राजश्री प्रोडक्सनको ६०औं प्रस्तुति रहेको फिल्ममा अमिताभ बच्चन, अनुपम खेर र बोमन इरानीको मुख्य भूमिका रहेको छ । सार्वजनिक पोस्टरमा तीनैजना हिमालुमनि देख्न सकिन्छ ।

नेपालमा धेरै प्रतिशत सुटिङ भए पनि अमिताभ बच्चन भने आएका थिएनन् । उनको भूमिकामा डमी कलाकारलाई खेलाइएको थियो । फिल्मको निर्देशक सुरज बड्जात्या हुन् । फिल्ममा धेरै नेपाली कलाकारले पनि अमिनय गरेका छन् ।

फिल्म नेपालको नाम्चेदेखि मुस्ताङसम्म सुटिङ गरिएको थियो । सिनेमाले मित्रताको कथा भन्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?