आर्मी चितवन गोल्डकपको फाइनलमा

हिमालय टाइम्स
Read Time = 2 mins

चितवन । त्रिभुवन आर्मी फुटबल क्लब नारायणगढको क्याम्पाचौरमा जारी चितवन गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा एभिनर एफसी क्यामरुनलाई २-० ले पराजित गर्दै आर्मीले फाइनलमा स्थान बनाएको हो । आर्मीको जितमा कप्तान जर्ज प्रिन्स कार्की र सन्तोष केसीले गोल गर्नुभयो ।

आर्मीले दुवै हाफमा एक-एक गोल गरेको थियो । खेलको १८औं मिनेटमा आर्मीले खेलमा अग्रता लिएको थियो । आर्मीका लागि कप्तान प्रिन्सले गोल गर्नुभएको थियो । ७६औं मिनेटमा आर्मीले अग्रता दोब्बर बनायो । पहिलो हाफमा विवेक बस्नेतको स्थानमा मैदान छिर्नुभएका सन्तोषले आर्मीका लागि दोस्रो गोल गर्नुभयो ।

आर्मीका डिफेन्डर विमल पाण्डे म्यान अफ दी म्याच हुनुभयो । उहाँले १० हजार रुपैयाँ प्राप्त गर्नुभयो । आर्मीले अब उपाधिका लागि सशस्त्र प्रहरी बल (एपिएफ) एफसीको सामना गर्नेछ । एपिएफ यसअघि पहिलो सेमिफाइनलमा मनाङ एफसीलाई हराउँदै फाइनलमा प्रवेश गरिसकेको छ ।
भरतपुर फुटबल क्लबको आयोजनामा जारी गोल्डकप विजेताले सात लाख तथा उपविजेताले तीन लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?