बर्दियामा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

बर्दिया । मधुवन नगरपालिका–३ खातामा आज ढिस्कोमा पुरिएर एक जनाको मृत्यु भएको छ।

मधुवन–३ भगतपुरमा रहेको एकता सामुदायिक वनमा घर लिप्ने माटो खन्न गएका बेला स्थानीय ६० वर्षीया भदैया थारुको ढिस्कोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिनुभयो।

शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?