रुसी कीर्तिमानी अन्तरिक्ष यात्री पोल्याकोभ निधन

Read Time = 2 mins

मस्को । अन्तरिक्षमा ४३७ दिन बसी कीर्तिमान कायम गर्नुभएका रुसी अन्तरिक्ष यात्री भ्यालेरी पोल्याकोभको ८० वर्षको उमेरमा निधन भएको छ । रुसी अन्तरिक्ष एजेन्सीले पोल्याकोभको निधन भएको घोषणा जनाएको हो । भलेरी पोल्याकोभले सन् १९९४–१९९५ को बीचमा ४३७ दिन मीर अन्तरिक्ष स्टेसनमा बिताउनुभएको थियो ।

उहाँले त्यहाँ मंगल ग्रहमा लामो दूरीको यात्रा गर्नुपर्‍यो भने मानिसहरूले आफ्नो मानसिक स्वास्थ्य कायम राख्न सक्छन् कि सक्दैनन् भनेर प्रयोग गर्नुभएको थियो । पोल्याकोभको १४ महिनाको अभियानमा उहाँको कार्यशैलीमा कुनै क्षति पुगेको थिएन । उहाँ अन्तरिक्षयात्री बन्नुभन्दा पहिला चिकित्सक हुनुहुन्थ्यो । पोल्याकोभको पहिलो मिसन अगस्ट १९८८ मा सुरु भएको थियो ।

उक्त मिसनमा उहाँले आठ महिना अन्तरिक्षमा बिताउनुभएको थियो । त्यसपछि उहाँले ६ वर्षपछि गरेको यात्रा सबैभन्दा लामो समयसम्म अन्तरिक्षमा बस्ने कीर्तिमान हो, जुन अहिलेसम्म कायमै छ । पोल्याकोभले मिर स्पेस स्टेसनमा काम गर्ने क्रममा सात हजारभन्दा बढीपटक पृथ्वीको परिक्रमा गर्नुभएको थियो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?