काठमाडौं । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) ले व्यापार तथा प्रतिस्पर्धात्मक क्रियाकलापका लागि नेपालको निजी क्षेत्रसँग सहकार्यको सुरुवात गरेको छ । एक करोड ९० लाख अमेरिकी डलरको पाँचवर्षीय लगानीले उच्च वृद्धि र रोजगारीको सम्भाव्यता भएका लक्षित क्षेत्रका नेपाली व्यवसायको प्रतिस्पर्धात्मकता अभिवृद्धि गर्ने बताइएको छ ।
दुई देशबीचको ७५ वर्ष लामो मित्रतालाई थप उचाइ प्रदान गर्दै युएसएआइडीले नेपालको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सहकार्य गरी व्यवसायलाई नयाँ व्यापार र लगानी अवसरको सहजीकरण गर्न, बजारमा आधारित वित्तीय र गैरवित्तीय सेवामा पहुँच बढाउन र उत्पादकत्वमा वृद्धि गर्न मद्दत गर्नेछ ।
युएसएआइडी नेपालकी नियोग प्रमुख सेपिडे केभान्साडले लगानीले नेपालको निजी क्षेत्रमाथिको रोजगारीका अवसर सिर्जना गरी महिला, युवा र सीमान्तकृत समूहको आय अभिवृद्धि गर्ने बताउनुभएको छ । मन्त्रालयका सहसचिव गोविन्दबहादुर कार्कीले मन्त्रालयसँग युएसएआइडीको साझेदारी र नेपालमा निरन्तर लगानीको प्रशंसा गर्दै व्यवसायीले प्रस्तुत गर्ने सेवाको विविधीकरण गर्न र उनीहरूको उत्पादकत्वमा सुधार गर्र्दै विश्वव्यापीरूपमा प्रतिस्पर्धी बनाउन ठूलो सहयोग प्रदान गर्ने बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच