काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीको नेतृत्वमा केन्द्रीय निर्देशन समिति गठन गरेको छ ।
पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले विधानको दफा ४१ बमोजिम गठन गरेको उक्त समितिले गर्ने कुनै पनि राजनीतिक निर्णयलाई पार्टीले अवलम्बन गरेको हो ।
पार्टीलाई आवश्यक समन्वय, निर्देशनका साथै सुझाव तथा सरसल्लाह उपलब्ध गराउने समितिले संगठन विस्तार एवं सुदृढीकरणका लागि नीति निर्माण गर्ने सो समितिले पार्टीलाई सरकारमा पठाउने वा नपठाउने, राजनीतिक नियुक्तिको सिफारिस गर्ने लगायतका अधिकार राख्ने जिम्मेवारी प्राप्त गरेको छ ।
उक्त समितिका सदस्यमा पार्टीका केन्द्रीय अध्यक्ष, पूर्व केन्द्रीय अध्यक्षहरू, केन्द्रीय पदाधिकारी, वरिष्ठ नेता, पूर्व केन्द्रीय पदाधिकारीमध्येबाट ११ जना छनोट गरिनेछ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अर्थतन्त्रको अध्ययन गर्नुभएका लोहनी पञ्चायती व्यवस्थादेखि बौद्धिक नेताका रूपमा परिचित हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच