आइएमई २३ औँ वर्षमा

Read Time = 3 mins

काठमाडौं । आइएमई लिमिटेडले स्थापनाको २३औँ वर्ष प्रवेशका अवसरमा काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गरेको छ । निरन्तर सहयात्रा विश्वासको भन्ने मूल नारासाथ आयोजित कार्यक्रममा आइएमई लिमिटेड तथा आइएमई ग्रुपका उपाध्यक्ष, आबद्ध कम्पनीका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापन प्रमुखलगायत कर्मचारीको उपस्थिति थियो । सो अवसरमा आइएमई ग्रुपका सह–संस्थापक तथा प्रबन्ध निर्देशक हेमराज ढकालले आइएमईलाई सहयोग गर्ने सेवाग्राही, सरकार, नेपाल राष्ट्र बैंक, नियमनकारी निकाय, व्यावसायिक साझेदार, कर्मचारीलगायत सम्पूर्ण शुभचिन्तकप्रति आभार व्यक्त गर्नुभयो ।

ग्राहकको रोजाइ, आवश्यकता तथा बजार गतिशील भइरहेको भन्दै उहाँले अत्याधुनिक प्रविधि प्रयोग गरी रेमिट्यान्स सेवालाई अझ परिष्कृत, सहज र सुरक्षित बनाउँदै लैजाने बताउनुभयो । प्रबन्ध निर्देशक ढकालले वैधानिक माध्यमबाट रेमिट्यान्स भित्र्याई देशको औपचारिक अर्थतन्त्र निर्माणमा योगदान गर्न आइएमई प्रतिबद्ध रहेको र आफ्ना व्यवसायलाई थप विविधीकरण गर्दै लगानी विस्तार गर्ने बताउनुभयो । आइएमई लिमिटेडका सञ्चालक तथा आइएमई ग्रुपका वरिष्ठ उपाध्यक्ष सुमन पोखरेलले डिजिटल अर्थतन्त्रको इकोसिस्टम प्रवद्र्धन गरी फिनटेकको अधिकतम् उपयोग गर्दै रेमिट्यान्स सेवालाई थप परिष्कृत, सरल र विविधीकरणतर्फ लैजाने बताउनुभयो ।

आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द पौडेलले सहकार्य, प्राविधिक उत्कृष्टता, व्यावसायिक नैतिकता तथा साझा मूल्य र मान्यतालाई आफ्नो मुख्य कार्यदिशा बनाई सेवा प्रवाह गरिरहेको आइएमई विविधिकृत सेवाको माध्यमबाट आमनागरिकको दैनिक जीवनसँग प्रत्यक्षरूपमा जोडिँदै अघि बढ्ने बताउनुभएको थियो । सो अवसरमा कम्पनीमा १० वर्षभन्दा लामो समयदेखि सेवारत कर्मचारी तथा आबद्ध एजेन्टलाई सम्मान गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?