खाद्य दिवसका अवसरमा प्रांगारिक अभियान

Read Time = 3 mins

काठमाडौं । उत्पादन, पोषण र वातावरणमा सुधार : सुखी जीवनको आधार भन्ने नाराका साथ खाद्यका लागि कृषि अभियान र सम्बद्ध संस्थाले ४२औं विश्व खाद्य दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्ने भएका छन् । आयोजकले बिहीबार चितवनमा पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो ।

खाद्यका लागि कृषि अभियानका संस्थापक संयोजक तथा कृषि अभियन्ता डा. कृष्णप्रसाद पौडेल, राष्ट्रिय कृषक समूह महासंघकी महासचिव रिता बस्ताकोटी, कृषक समूह महासंघ चितवनका पदाधिकारी, जिल्ला प्रांगारिक संघ चितवनका पदाधिकारीको उपस्थिति रहेको कार्यक्रममा विश्वमा हाल भइरहेको प्रकृतिको दोहन, जलवायु परिवर्तन, खनिज ऊर्जाको उच्च खपत, कृत्रिम रसायन तथा विषादीको अत्यधिक र अव्यवस्थित प्रयोगले मानिस, माटो साथै प्रकृतिको स्वास्थ्यमा पारेको व्यापक असरबारे चर्चा गर्दै संकटबाट बच्न सबै लाग्नुपर्नेमा जोड दिइएको थियो ।

राष्ट्रिय किसान समूह महासंघकी महासचिव रिता बस्ताकोटीले खानाका लागि खेतीपातीको साझा संकल्प पढेर सुनाउनुभएको थियो । विगतका वर्षमा संघीय तहमा मात्र आयोजना गरिएको कार्यक्रम यस वर्ष तीनवटै तहमा आयोजना गरिने बताइएको छ । संघ, प्रदेश र स्थानीय तहमा ¥याली, गोष्ठी र रैथाने साँझ सञ्चालन गरिने खाद्यका लागि कृषि अभियानका अभियन्ता कृष्णप्रसाद पौडेलले बताउनुभएको छ । उहाँले देशमा सीमित खाद्यान्न उत्पादन बढेको देखिए तापनि समग्र कृषि उपजको उत्पादन घट्दै गएको भन्दै नेपालजस्तो देशले तत्कालै कृषिमा आधारित अर्थतन्त्रको जग बलियो नबनाए उन्नतिको आधार तयार नहुने बताउनुभयो । उहाँले शनिबार नारायणगढको पुल्चोकदेखि चौबिसकोटीसम्म हुने प्रभातफेरीमा सहभागी हुन र खाद्यका लागि कृषि अभियानमा सरिक हुन आग्रहसमेत गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?