भक्तपुरको मनोहरा फाँटमा ट्रकको ठक्करबाट बालकको मृत्यु

Read Time = 1 min

भक्तपुर । भक्तपुरको मनोहरा फाँटमा आज बिहान ट्रकको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिन्धुपाल्चोक घर भइ मनोहरा फाँट बस्ने १७ महिनाका सलिन श्रेष्ठ रहेका छन् ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा समिट अस्पताल लोकन्थलीमा मृत्यु भएको हो ।

सडक छेउमा खेल्दै गरेका उनलाई आज बिहान पौने ९ बजे बा ५ ख ७८१७ नम्बरको पानी बोकेको ट्रकले ठक्कर दिएको थियो ।

ट्रक सहित चालकलाई प्रहरी वृत्त ठिमी भक्तपुरले नियन्त्रणमा लिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?