नागपुर । घरेलु टोली भारतले अष्ट्रेलियाविरुद्धको दोस्रो टी-ट्वान्टी खेल जितेको छ । नागपुरमा शुक्रबार राती भएको खेलमा भारत ६ विकेटले विजयी भएको हो । यस जितसँगै तीन खेलको टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा भारतले १-१ को बराबरी गरेको छ ।
जितका लागि ९१ रनको विजयी लक्ष्य पछ्याएको भारतले ७ ओभर २ बलमा ४ विकेट गुमाउँदै पूरा गर्यो । भारतका लागि कप्तान रोहित शर्माले २० बलमा अविजित ४६ रन बनाउनुभयो । विराट कोहलीले ११ तथा केएल राहुलले १० तथा दिनेश कार्तिकले अविजित १० रन बनाउनुभयो । अष्ट्रेलियाका लागि एडम जाम्पाले तीन तथा प्याट कमिन्सले एक विकेट लिनुभयो ।
त्यसअघि ब्याटिङ गरेको पाहुना टोलीले निर्धारित ८ ओभरमा ५ विकेट गुमाएर ९० रन बनाएको थियो । वर्षा र आउटफिल्ड झिजेको हुँदा खेल ढिलो सुरु हुँदा खेल ८ ओभरमा घटाइएको थियो । अष्ट्रेलियाका लागि म्याथ्यु वेडले अविजित ४३ रन बनाउनुभयो । कप्तान आरोन फिन्चले ३१ र तथा स्टेभन स्मिथले ८ रन बनाउनुभयो । भारतका लागि अक्षर पटेलले २ तथा जसप्रित बुमराहले १ विकेट लिनुभएको थियो ।
पहिलो खेलमा अष्ट्रेलिया ४ विकेटले विजयी भएको थियो । तेस्रो तथा अन्तिम खेल आइतबार राजिव गान्धी स्टेडियम हैदराबादमा हुनेछ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच