यतीको दशैं अफर

Read Time = 3 mins

काठमाडौं । यतीमा मंगलमय फ्लाइट, बम्परमा जितौं नयाँ राइड भन्ने नाराका गाथ यती एयरलाइन्सले दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै यात्रुका लागि विभिन्न उपहार योजना ल्याएको छ । योजनाअन्तर्गत बम्परमा भाग्यशाली यात्रुलाई ‘रे जेडआर’ स्कुटर, हिराको टप र वासिङ मेसिन प्रदान गरिने एयरलाइन्सले जनाएको छ । यात्रुले बम्पर उपहार साथै हात खाली नजाने उपहारस्वरूप दराज, भोज डिल्स र नमस्ते पेको डिस्काउन्ट भौचर, हरेक हप्ता एक–एकजनालाई निःशुल्क फ्रि माउन्टेन फ्लाइट र रिटर्न टिकट प्राप्त गर्न सक्ने बताइएको छ ।

घटस्थापनाको दिनदेखि लागू हुने योजनाअन्तर्गत प्रथम पुरस्कारको प्रायोजन यमाहा, दोस्रो पुरस्कार बालाजी डायमण्ड र तेस्रो पुरस्कार यसुदाको आधिकारिक बिक्रेता बिग डिजिटलले प्रायोजन गरेको हो । हात खाली नजाने उपहारको प्रायोजन भने दराज, भोज डिल्स, नमस्ते पे र यती एयरलाइन्सले गरेको हो । कात्तिक २५ गतेसम्म चल्ने योजना अग्रिम टिकट बुकिङ गरी सोही समयावधिमा उडान भर्ने सम्पूर्ण यात्रुमा लागू हुने यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिनुभएको छ । एयरलाइन्सका अनुसार तीन बम्पर उपहार जित्न तोकिएको समयावधिभित्र यती एयरलाइन्ससँग यात्रा गर्नुपर्नेछ भने हात खाली नजाने उपहारका लागि यती यात्रुले विमानस्थलमा ‘चेक-इन’ गर्दा बोर्डिङ पाससँगै प्रदान गरिने कुपनमा रहेको क्युआर कोड स्क्यान गर्नुपर्नेछ ।

हरेक हप्ता ‘फ्रि रिटर्न टिकट जित्न सोही कुपनको फोटो खिची यती एयरलाइन्सलाई सोसल मिडियामा ट्याग गर्नुपर्नेछ भने ‘फ्रि माउन्टेन फ्लाइट’ टिकटका लागि एयरलाइन्सले हप्तैपिच्छे लक्की ड्र गर्नेछ । यात्रुले एकपटक यात्रा गर्दा दुई र तीनवटा पुरस्कार जित्न सक्ने एयरलाइन्सको दाबी छ । साथै एयरलाइन्सले भाइबरसँगको सहकार्यमा यतीको उडान नामक भाइबर स्टिकर पनि सार्वजनिक गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?