हाइल्याण्ड डिस्टिलरीको ‘यती’ भोड्का

Read Time = 1 min

काठमाडौं । अल्ट्रा प्रिमियम हिृवस्की ‘बन्दीपुर’ र ‘गोर्खाज एण्ड गन्स’ उत्पादक कम्पनी हाइल्याण्ड डिस्टिलरीले यती नामक भोड्का बजारमा ल्याएको छ । आकर्षक बोतल र ‘फंकी’ लेबलका कारण नयाँ भोड्काले उपभोक्ताको ध्यान तान्न सक्ने कम्पनीको दाबी छ ।

बन्दीपुर र गोर्खाज एण्ड गन्सको सफलतापछि आधुनिक नेपाली उपभोक्तालाई उच्च गुणस्तरको स्पिरिटसहितको उच्च गुणस्तरको भोड्का उपलब्ध गराउन यती भोड्का ल्याएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यती भोड्का स्विट्जरल्याण्डको प्रविधिबाट उत्पादित हो । सात सय ५० एमएल, तीन सय ७५ एमएल र एक सय ८० एमएलको मूूल्य क्रमशः दुई हजार दुई सय रुपैयाँ, एक हजार एक सय रुपैयाँ र पाँच सय ५० रुपैयाँ रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?