भोजपुरमा पुराना नेतालाई टक्कर दिँदै नयाँ अनुहार

Read Time = 3 mins

भोजपुर । आसन्न मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधीसभा निर्वाचनका लागि प्रदेश नम्वर १ को पहाडी जिल्ला भोजपुरबाट पुराना दलका पुरानै नेताहरु आकांक्षी बनि रहेको अवस्था स्वतन्त्र ब्यक्तिहरुले पनि उम्मेदवारी घोषणा गर्न सुरु गर्नु भएको छ ।

भोजपुरका पर्यटन ब्यवसायी रमेश ओझाले प्रतिनिधीसभा निर्वाचनका लागि उम्मेदवारी घोषणा गर्नु भएको छ । भोजपुर नगरपालिका वडा नम्वर ११ आम्तेक घर हुनु भएका ओझाले लौरो चिन्हबाट स्वतन्त्र उम्मेदवारी दिनु भएको हो । लामो समयसम्म पर्यटन व्यावसायीकोरुपमा समेत काम गर्दै आउनु भएका ओझाको उम्मेदवारीले अन्य पार्टीका उम्मेदवारहरुलाई समेत प्रभाव पर्न सक्ने आंकलन समेत जिल्ला तहमा देखिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट राजनीतिक यात्रा सुरु गर्नु भएका ओझा पछिल्लो समय नेकपा
(माओवादी केन्द्र) निकट हुनुहुन्थ्यो । गत २०७४ सालको निर्वाचनमा भोजपुरबाट प्रतिनिधीसभा निर्वाचनका लागि उम्मेदवारमाओझा सिफारिस समेत हुनु भएको थियो । सिफारिसमा परे पनि नेता सुदन किराँतीलाई अगाडी सारिए पछि ओझा पछि हट्नुपरेको थियो । “मुलुक परिवर्तन गर्दे आर्थिक जनजिविका परिवर्तन गर्नका लागि मेरो यो उम्मेदवारी हो ।” ओझाले भन्नुभयो ।

पुराना राजनीतिक दलहरुले जनताले सोचे अनुसार काम नगरी निराशामात्र बढाएका हुनाले स्वतन्त्रतर्फबाट प्रतिनिधीसभा निर्वाचनका लागि भोजपुरबाट उम्मेदवार बनेको ओझाको भनाई रहेको छ ।

भोजपुरमा हालसम्म नेपालका लागि नेपाली पार्टीको चुनाव चिन्हबाट प्रतिनिधीसभामा निर्वाचनका लागि डाक्टर सुरेश बस्नेत रशक्ति राईले पनि स्वतन्त्र उम्मेदवारी घोषणा गरिसक्नु भएको छ । पुराना पार्टीहरुबाट भने शेरधन राई, कृपासुर शेर्पा, अजम्वर काङमाङ, सुदन किराँती, राजेन्द्र कुमार राई, बिनोद बान्तवा, गोबिन्द कार्की लगायतका नेताहरुको नाम टिकटका लागि सिफारिस गरिएको छ ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?