काठमाडौं । राजस्व अनुसन्धान विभागले विदेशी मुद्रा अवैधरूपमा ओसारपसार गरेको अभियोगमा सतमान पुनविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । पुनले आठ हजार दुई सय ३० बराबरको युरो अनाधिकृतरूपमा विदेश लैजान खोजेको विभागको भनाइ छ ।
पुन गत असार २४ गते काठमाडौंबाट दोहा हुँदै बेल्जियम जान लागेका थिए । रुकुमपूर्व उत्तरगंगा-१० घर भई बेल्जियमको नागरिकसमेत भइसकेका पुन विदेशी विनिमय अपचलन गरेको अभियोगमा पक्राउ परेका थिए । कुनै पनि विदेशी नागरिकले नेपाल आउँदा ल्याएको रकम भन्सार स्वघोषणाबाहेक पाँच हजार अमेरिकी डलर वा सो बराबरको विदेशी मुद्रामात्रै फिर्ता लैजान पाउने व्यवस्था छ ।
नेपाल राष्ट्र बैंकले जारी गरेको विदेशी विनिमयसम्बन्धी परिपत्रको समेत पुनले बर्खिलाप गरेको पाइएकाले मुद्दा दायर गरिएको विभागले जनाएको छ । विभागले गत भदौ ३० गते पुनविरुद्ध मुद्दा दायर गरेको भए पनि आवश्यक प्रक्रिया पु¥याउन समय लागेको विभागद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
त्यसैगरी विभागले भारतीय नागरिक अंकुर घनश्याम पटेलविरुद्ध पनि जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । पटेलले पनि छ लाख ३५ हजार चार सय बराबरको विदेशी मुद्रा अनाधिकृतरूपमा विदेश लैजान खोजेको पाइएको विभागले जनाएको छ । त्यस्तै, नवलपरासीको सरावल गाउँपालिका-३ का आनन्दप्रसाद कलवारविरुद्ध ४३ लाख ७४ हजार बराबरको बिगो दाबीसहित जिल्ला अदालत धादिङमा मुद्दा दायर गरेको छ । अस्थायी प्रहरी पोष्ट सिम्ले धादिङले कलवारलाई केही समयअघि पक्राउ गरेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच