कर्णाली र लुम्बिनी प्रदेश सेमिफाइनलमा

हिमालय टाइम्स
Read Time = 2 mins

कैलाली । कैलालीको धनगढीमा सुरु भएको सुदूरपश्चिम राजधानी कप राष्ट्रिय फुटबल प्रतियोगिताको दोस्रो दिन भएका खेलमा कर्णाली प्रदेश र लुम्बिनी प्रदेश विजयी भएका छन् । जितसगै कर्णाली प्रदेश र लुम्बिनी प्रदेश प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । आइतबार भएकोे पहिलो दिनको उद्घाटन खेल रात परेपछि रोकिएकोमा सोमबार खेलाइएको खेलमा कर्णाली प्रदेश विजयी भएको छ ।

लगातारको वर्षाले धनगढी रंगशाला हिलाम्मे भएपछि मैदान परिवर्तन गर्दै फाप्ला मैदानमा भएको खेलमा कर्णाली प्रदेशले सुदूरपश्चिम प्रदेश रातोलाई सडनडेथमा पाँच-चारले हरायो । कर्णाली प्रदेशले फाइनल प्रवेशका लागि अब प्रदेश नम्बर १ र बागमती प्रदेशबीचको खेलको विजेतासँग खेल्नेछ ।

आज नै भएको दोस्रो खेलमा लुम्बिनी प्रदेशले मधेश प्रदेशलाई हराएको छ । लुम्बिनीले मधेश प्रदेशलाई चार-दुई गोल अन्तरले हराएको हो । जितसँगै लुम्बिनी प्रदेश पनि सेमिफाइनल पुगेको छ । फाइनल पुग्नका लागि लुम्बिनी प्रदेशले गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश निलोबीच हुने खेलको विजेतासँग खेल्नेछ ।

पिएफए स्पोटर््स क्लब अत्तरियाको आयोजनामा भइरहेको प्रतियोगिता असोज १५ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले नगद पाँच लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् भने उपविजेताले नगद तीन लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा विभिन्न विधाका उत्कृष्ट खेलाडीहरूले जनही १० हजार नगद पाउँदा उत्कृष्ट खेलाडीले नगद २० हजार प्राप्त गर्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?