सिन्धु ज्वाला हाइड्रोविरुद्ध मुद्दा दायरको तयारी

Read Time = 3 mins

काठमाडौं । पछिल्लो समय निजी क्षेत्रबाट प्रवद्र्धित जलविद्युत् आयोजनाहरूमा चरम बेथिति देखिन थालेको छ । कतिपय आयोजना प्रवद्र्धकले निर्माण कम्पनीलाई निर्माण कार्य जिम्मा दिने तर भुक्तानी नदिने प्रवृत्ति देखिएको छ । जसका कारण निर्माण व्यवसायी र मजदुर मर्कामा परेका छन् ।

सिन्धु ज्वाला हाइड्रोपावरद्वारा प्रवद्र्धित अपर नेसम खोला हाइड्रोपावर प्रोजेक्ट (४३ मेगावाट) ले निर्माण कार्यको भुक्तानी नदिएको भन्दै निर्माण कम्पनी मोक्तान कन्ट्रक्सन प्रालिले श्रम अदालतमा मुद्दा दायरको तयारी गरेको छ । निर्माण कार्यस्थलमा प्रिफ्याब भवन र मेसिनरी वाल निर्माणका लागि काम गरेको उक्त कन्ट्रक्सन कम्पनीले पाउनुपर्ने भुक्तानी चार वर्षसम्म पनि नपाएपछि मुद्दा दायर गर्नुपर्ने अवस्था आएको जनाएको छ ।

दोलखाको शैलुङ गाउँपालिकास्थित मोक्तान कन्ट्रक्सनले सिन्धु ज्वाला हाइड्रोपावरको कार्यस्थलमा प्रिफ्याव भवन निर्माण कार्य तथा मेसिनरी वाल निर्माणका १७ लाख ९१ हजार एक सय १८ रुपैयाँ ८५ पैसा बराबरको निर्माण कार्य गरेकोमा हालसम्म पनि भुक्तानी नदिएको सञ्चालकको भनाइ छ । आवश्यक सबै प्रक्रियासहित भुक्तानीका लागि २०७६ असार ९ गते नै माग गरेको भए पनि उक्त हाइड्रोले हालसम्म पनि भुक्तानी नदिएको हो । सो सम्बन्धमा ऊर्जा, जलस्रोत र सिँचाइ मन्त्रालयलाई पनि निर्माण कम्पनीले ध्यानाकर्षण गराएको छ ।

काठमाडौंको तिनकुनेमा प्रधान कार्यालय र सिन्धुपाल्चोकको गुम्बामा सिन्धु ज्वालाद्वारा प्रवद्र्धित अपर नेसम खोला हाइड्रोपावर रहेको छ । रकम पाउनुपर्ने माग राख्दा कम्पनीका अध्यक्ष अर्जुनबन्धु रेग्मी र निर्देशक प्रकाश रजौरेले स्थानीय झिजुङ लामा भन्ने टोले गुण्डालगायतको नाम लिँदै डरत्रास देखाउने गरेको मोक्तान कन्ट्रक्सनको दाबी छ ।

पीडितका अनुसार २०६५ सालदेखि हालसम्म दर्जनौंपटक कार्यसमिति परिवर्तन भएको उक्त हाइड्रोको नाममा रकम जम्मा गर्दै सञ्चालक समिति, अध्यक्ष तथा निर्देशकहरूले मोजमस्ती गर्ने, गाडी-घोडा किन्ने र घरजग्गा जोड्ने काममा दुरूपयोग गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?