मंगल ग्रहमा सात हजार ११८ दशमलव ६ किलोभन्दा बढी मानव फोहोर

Read Time = 2 mins

न्यूयोर्क । करिब ५० वर्षअघि मानवले मंगल ग्रहको खोजी गर्न थालेको थियो र २०३० सम्ममा नासाले पहिलो पटक त्यहाँ मानव मिसन पठाउने आशा राखेको छ । मानवले मंगल ग्रहमा पाइला टेक्न अझै धेरै टाढा भए पनि रातो ग्रहलाई फोहोर फाल्ने र यसलाई पृथ्वीजस्तै बनाउने प्रयासमा हामी पछि परेका छैनौं ।

वेष्ट भर्जिनिया युनिभर्सिटीमा रोबोटिक्समा पोस्टडक्टोरल रिसर्च फेलो काग्री किलिकका अनुसार ‘मानिसहरूले गरेको साहसिक रोबोट अन्वेषणले रातो ग्रहमा सात हजार ११८ दशमलव ६ किलोभन्दा बढी मानव फोहोर छोडिसकेको छ ।’

यो अनुमानमा पुग्नका लागि सबै मार्स रोभर र अर्बिटरहरूको द्रव्यमान विश्लेषण गरिएको थियो । संयुक्त राष्ट्र संघको बाहृय अन्तरिक्ष मामिला कार्यालयका अनुसार विभिन्न राष्ट्रले १४ वटा विभिन्न अभियानमा मंगल ग्रहमा १८ मानव निर्मित अन्तरिक्ष यान पठाएका छन् ।

नासाले सन् २०२२ को अगस्टको मध्यमा पर्सेभेरेन्स मार्स रोभरले अवतरणपछि फ्याँकिएको फोहोरको टुक्रा फेला पारेको घोषणा गरेको थियो । अनुसन्धानकर्ताले मंगल ग्रहमा फोहोर फेला पारेको यो पहिलो पटक होइन । त्यहाँ पर्याप्त मात्रामा फोहोर रहेको बताइएको छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?