पाल्पामा ठूला दललाई चुुनौती दिँदै साना दल र स्वतन्त्र

Read Time = 10 mins

-रामचन्द्र रायमाझी
पाल्पा। । सत्ता गठबन्धन र एमाले बिच मुख्य प्रतिस्पर्धा रहेको पाल्पा क्षेत्र नं. २ मा साना दल र स्वतन्त्र उम्मेदवारका कारण चुनौती देखिएको छ । पछिल्लो समय साना दल र स्वतन्त्रतर्फ मतदाताहरुको आकर्षण बढेकाले यहाँका ठूला दललाई चुनाव जित्न निकै सकस देखिएको हो ।
यहाँ पहिलोपटक संसदीय चुनावमा भाग लिन लागेका दल र स्वतन्त्र उम्मेदवारले ठूला दललाई चुनौती दिने अनुमान धेरैले गर्न थालिएका छन् । प्रदेश सभा र प्रतिनिधि सभाको मिति नजिकिदै जाँदा ठूला दलका लागि रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी, मंगोल नेशनल अर्गनाइजेसन र स्वतन्त्र उम्मेदवारहरु तगारो बन्न सक्ने चर्चा राजनीतिक वृत्तमा चलेको छ । उनीहरुले नयाँ पुस्ताको मत प्रभावित पार्नसक्ने र कतिपय ठाउँमा चुनौती नै दिनसक्ने आकलन गर्न थालिएको छ ।

यस क्षेत्रमा सांसदको ‘ह्याट्रिक’ गर्ने दाउमा रहनुुभएका वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजावादीका नेता तथा पूर्व उद्योगमन्त्री सोमप्रसाद पाण्डेयका मुख्य प्रतिस्पर्धी नेकपा एमालेका युवा नेता ठाकुर गैरे मानिए पनि दुवै जना साना दल र स्वतन्त्रले दिने चुनौतीलाई लिएर सशंकित हुनुहुन्छ । छैटौं पटक उम्मेदवार बन्नुभएका पूर्व उद्योगमन्त्री पाण्डेय र संसदीय राजनीतिमा पहिलोपटक आउनुुभएका गैरेबीचको प्रतिस्पर्धा रोचक हुने अनुमान गरिएको छ । पाण्डेय र गैरेसहित यो क्षेत्रमा १३ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

जस मध्ये ३ जना स्वतन्त्र हुन् । पाण्डेय र गैरेबीचको प्रतिस्पर्धामा साना दल विशेषतः रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी, मंगोल नेशनल अर्गनाइजेसन र स्वतन्त्र उम्मेदवारहरुले दिने चुनौती निर्णायक मानिएको छ । यहाँ पाण्डेय र गैरेको रामै्र पकड मानिन्छ । तर केही साना दल र स्वतन्त्र उम्मेदवारका कारण भने चुनौति थपिदिएको काँग्रेसका स्थानीय नेता–कार्यकर्ता बताउँछन् । यहाँ रवि नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा नयाँ पुस्ताको आकर्षण बढेकाले ठूला दललाई निर्वाचन जित्नका लागि सकस हुने धेरैले आंकल गर्न थालेका हुुन् । राष्ट्रिय स्वतन्त्र पार्टीले यस क्षेत्रमा सोमप्रसाद (सुमन) गैरेलाई अगाडि सारेको छ । अहिले उहाँ मतदाताहरुसँग भोट माग्नमै व्यस्त हुुनुहुन्छ ।

गैरेले आफ्नो जित सुनिश्चित रहेको दाबी गर्दै आउनुुभएको छ । ‘स्वतन्त्र पार्टीप्रतिको देशभरको आकर्षण, ठूला पार्टीका असन्तुष्ट मत, युवा र नयाँ अनुहार खोजिरहेका मतदाताका कारण म उत्साहित छु,’ उहाँले भन्नुुभयो । गैरेले संसदीय चुनावले सरकार तथा नीति–नियम बनाउने भएकाले स्वतन्त्रहरू एकजुट हुनुको विकल्प नभएको बताउनुुभयो । अहिले एकजुट हुने सबैको विचार, आस्था र सिद्धान्त फरक भए पनि तत्कालीन रूपमा पुराना दललाई चुनौती दिन स्वतन्त्रहरू एक ठाउँमा आउनुको विकल्प नभएको गैरेको भनाई छ । राष्ट्रिय स्वतन्त्र पार्टीेमा अधिकांस काँग्रेसले मत हाल्ने आधार पाएको उम्मेदवार गैरेको दावि छ । उहाँले आफ्नो अभियानमा यस्तो तथ्याङक निकालेको दावि समेत गर्नुभयो । ‘हाम्रो मत पनि बढिरहेको छ, जितका लागि हामीले आधार बनाइसकेका छौँ’ गैरेले भन्नुुभयो, ‘काँग्रेसले भोट दिने कसलाई हो ? घण्टीलाई हैन ? अनि ल न त गठबन्धन मानौँ भन्नका लागि एउटा मान्छेलाई जिल्लाका नेताहरुले भने भन्दैमा कार्यकर्ताले मानेर ३० वर्ष राज गर्न दिन्छन् ? जनताले जानेका छन् अहिले मत दिने हामीलाई नै हो ।’ ‘हामिलाई पालिका स्तरका ठूूला दलका नेताले कल गर्नु गर्नुभएको छ, ‘सार्वजनिक हुन मिल्दैन तर हामी आन्तरिक रुपमा लागेका छौँ’ गैरे भन्नुुभयो, ‘काँग्रेस लगायत धेरै अन्य दलका नेता र साथिहरु हामी भन्दा बढी लाग्नु भएको छ ।’ गैरेको मतका कारण यहाँका दुुई ठूला दलका प्रतिस्पर्धीलाई सहज नभएको धेरैको आंकलन छ । यहाँबाट तीन स्वतन्त उम्मेदवार समेत छन् । उपेन्द्रराज गहिरे, जीवलाल सुवेदी, र केशरबहादुर आले स्वतन्त्र उम्मेदवार हुनु हो । उहाँहरु पनि अहिले आ–आफ्ना एजेण्डा सहित चुनावी मैदानमा हुनु हुन्छ । स्वतन्त्र उम्मेदवारी दिनुभएका जीवलाल सुवेदी समृद्ध समाज निर्माण गर्ने संकल्प सहित चुनावी मैदानमा हुुनुुहुन्छ । लामो समय पत्रकारिता क्षेत्रमा लाग्नुुभएका उहाँले पनि ठूला दलको मत तान्न सक्ने आंकलन गरिएको छ ।

अर्का स्वतन्त्र उमेदवार उपेन्द्रराज गहिरेले पनि आफू विकासको एजेण्डासहित चुनावी मैदानमा उत्रिनुभएकाले जित निश्चित रहेको दावी गर्दै आउनुुभएको छ । गैरेले नागरिकको चाहना अनुसार विकासका एजेण्डा बोकेर नागरिकसँग मत माग्न घरदैलो गरिरहनुुभएको छ । उता साना दल नेपाल आमा पार्टीबाट ताराप्रसाद खत्री, मंगोल नेशनल अर्गनाइजेशनबाट मनबहादुर दर्लामी, जनता समाजवादी पार्टीबाट दुरपता सोमै, नेपाल मजदुर किसान पार्टीबाट शिव सुन्दर दुख्या, राष्ट्रिय जनमुक्ति पार्टीबाट हुमबहादुर थापा मगर, राप्रपा नेपालबाट खडानन्द गैरेले चुनावी मैदानमा हुनु हुन्छ । २०७४ मा यस क्षेत्रमा वाम गठबन्धनका तर्फबाट सोमप्रसाद पाण्डेय नै उम्मेदवार हुुनुहन्थ्यो । काँग्रेसका हरिप्रसाद नेपाललाई पराजित गरी उहाँ विजयी हुुनुुभएको हो । यस पटक २०७४ को स्थिति यस क्षेत्रमा छैन । यसपालि कांग्रेस, माओवादी, जनमोर्चा र एकीकृत समाजवादी एकै ठाउँमा छन् । स्थानीय निर्वाचनमा वडाध्यक्षले प्राप्त गरेको मतका आधारमा भने एमाले अगाडि छ । एमालेले क्षेत्र २ मा स्थानीय तह निर्वाचनमा ३० हजार ५ सय ३६ मत पाएको थियो । कांग्रेसले २९ हजार ३९, माओवादीले ४ हजार ३ सय १३ र एकीकृत समाजवादीले ४ सय ३३ मत पाएको थियो । राष्ट्रिय जनमोर्चाले ८ सय ८४ मत पाएको छ । स्थानीय निर्वाचनको मत परिणामका आधारमा गैरे अगाडि देखिए पनि नयाँ, युवा र स्वतन्त्र उम्मेदवारतर्फ सर्वसाधारणको आर्कषण रहेकाले उहाँलाई जित निकाल्न सहज भने देखिँदैन ।

‘स्थानीय निर्वाचनमा पाएको मत मेरो चुनाव जित्ने आधार हो,’ गैरेले भन्नुुभयो ‘कांग्रेसको उम्मेदवार छैनन्, त्यसैले राष्ट्रिय राजनीतिमा प्रभाव पार्न सक्ने उम्मेदवार मलाई मानेका छन् ।’ गठबन्धनका साझा उम्मेदवार पाण्डेय आफ्नो विरासतका कारण पुनः विजयी हुने विश्वास व्यक्त गर्नुहुन्छ । ‘पार्टीहरूप्रतिको वितृष्णाका रूपमा स्वतन्त्र उम्मेदवार आएका हुन् तर दलीय व्यवस्थामा स्वतन्त्र उम्मेदवारले केही गर्न सक्दैन भन्ने कुरा पनि मतदाताले बुझेका छन्,’ उहाँले भन्नुुभयो । यो क्षेत्रमा १ लाख ५ हजार २ सय ९३ मतदाता रहेका छन् ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?