काठमाडौंमा पहिलो हिउँदे वर्षा, अरु कहाँ-कहाँ पर्दैछ पानी ?

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । आइतबार काठमाडौंमा भारी वर्षा भएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुुसार चटयाङ र मेघगर्जनसहित यसपालिको पहिलो हिउँदे वर्षा भएको जनाएको छ।

काठमाडौंसंगै अहिले कास्कीको पोखरासहित देशका केही स्थानमा अहिले वर्षा भइरहेको छ महाशाखाले जनाएको छ।

यस्तै, मुगुको ताल्चालगायत उच्च पहाडी तथा हिमाली भू–भागका एक र दुई स्थानमा हल्का हिमपात भइरहेको  छ।

महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?