हवाना । क्युबामा आँधीपछि १० लाख मानिस विद्युतविहीन भएका छन् ।
इयान आँधीका कारण एक जनाको मृत्युको भएको छ भने भवन तथा संरचनामा ठूलो क्षति भएको छ । क्युवाली राष्ट्रपति मिगुएल डियाज क्यानेलल आँधी प्रभावित क्षेत्रको भ्रमण गरेका थिए ।
क्युवाली अधिकारीहरूले ६ वटा क्षेत्रमा आपतकाल घोषणा गरेका छन् । पूर्वानुमानकर्ताहरूले आँधी प्रभावित क्षेत्रमा अचानक बाढी पहिरो आउने चेतावनी दिएका छन् ।
तीन श्रेणीको आँधी १९५ किलोमिटर प्रतिघण्टा ९१२० माइल प्रतिघण्टा० को गतिमा अहिले फ्लोरिडातर्फ बढिरहेको छ । करिब एक शताब्दीमा फ्लोरिडाका केही भागले तीब्र आँधी सामना गर्न लागेको मौसमविद्हरुले चेतावनी दिएका छन् हो । मंगलबार रातिसम्म तुफान मेक्सिकोको दक्षिण–पूर्वी खाडीमा बलियो हुँदै अगाडि बढेको थियो ।
फ्लोरिडाका गर्भनर रोन डिसान्टिसले आपत्काल घोषणा गरेका छन् । प्रभावित क्षेत्रमा उद्दार प्रयास गर्न ५ हजार राष्ट्रिय गार्डलाई परिचान हुन आदेश दिएका छन् । एजेन्सी
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच