खोटाङमा ट्रयाक्टरबाट खसेर एक जनाको मृत्यु

प्रतिकात्मक तस्बिर

Read Time = 1 min
A A- A+

खोटाङ । खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माडाँडामा हिजो बेलुका ट्रयाक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ५६ वर्षीय टेक बहादुर राई रहेका छन् ।

प्रदेश १–०२–००३ त १४९२ नम्बरको ट्रयाक्टरमा सवार राई हिजो बेलुकी ८ बजे ट्रयाक्टरबाट खसेका थिए ।

गम्भीर घाइते भएका उनको उपचारका क्रममा जिल्ला अस्पताल खोटाङमा मृत्यु भएको हो ।

ट्रयाक्टर सहित चालकलाई प्रहरी चौकी तालखर्क खोटाङले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?