कांग्रेस केन्द्रीय कार्यालयमा शेखर समूहको धर्ना (तस्बिरसहित)

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा डा।शेखर कोइराला समूहले धर्ना दिएको छ । बुधबार दिउँसो १ बजेदेखि कोइराला समूहका नेता कार्यकर्ता धर्नामा बसेका छन् ।

सभापति शेरबहादुर देउवाले समानुपातिक बन्दसूचीमा आफ्नो पक्षलाई सम्मानजनक स्थान नदिएको, सरसल्लाहविनै सूची बनाएको, एकलौटी र एकपक्षीय ढंगले चलेको भन्दै कोइराला समूह संस्थापन पक्षविरुद्ध आन्दोलित भएको हो ।

कोइराला समूहले १४ असोजसम्म समानुपातिक बन्दसूची सच्याउन अल्टिमेटम दिएको छ । सो दबाबपछि संस्थापन पक्ष कोइराला समूहलाई सम्मानजनक स्थान दिन तयार देखिएको छ । एक दुई दिनभित्रै सूची सच्याउने कांग्रेसको तयारी छ । कांग्रेसले निर्वाचन आयोगमा बुझाएको सूचीमा कोइराला समूहका १३ जना मात्रै परेपछि सो पक्षका नेता कार्यकर्ता आन्दोलित भएका हुन् । कोइराला समूह एमालेसँग मिलेर चुनावमा जान सक्ने देखिएपछि देउवा पक्ष लचक बनेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?