नेकपा एस प्रतिनिधिसभातर्फको उम्मेदवार टुंग्याउने पहिलो दल

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । प्रमुख राजनीतिक दल मध्ये प्रतिनिधिसभातर्फको उम्मेदवार टुंग्याउने नेकपा एकीकृत समाजवादी पहिलो दल भएको छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहितको गठबन्धन आवद्ध माधवकुमार नेपाल नेतृत्वको नेकपा एसले प्रतिनिधिसभातर्फको उम्मेदवार टुंग्याएर पहिलो दल भएको हो ।

जसअनुसार कांग्रेस नेतृत्वको गठबन्धनमा आवद्ध नेकपा एसले आफनो भागवन्डामा परेको सबै १९ सिटमा उम्मेदवारी टुंग्याएर सार्वजनिक गरेको हो ।

जसअनुसार प्रतिनिधि सभामा एकीकृत समाजवादीका १९ जना उम्मेदवारः

१. इलाम क्षेत्र नं. १ - झलनाथ खनाल
२. उदयपुर क्षेत्र नं. २ - जगन्नाथ खतिवडा
३. रौतहट क्षेत्र नं. १ - माधवकुमार नेपाल
४. बारा क्षेत्र नं. ४ -कृष्णकुमार (किसान) श्रेष्ठ
५. काठमाडौं क्षेत्र नं -८ जीवनराम श्रेष्ठ
६. ललितपुर क्षेत्र नं. -२ कृष्णलाल महर्जन
७. धादिङ क्षेत्र नं. -१ राजेन्द्रप्रसाद पाण्डे
८. मकवानपुर क्षेत्र नं. -२ विरोध खतिवडा
९. कास्की क्षेत्र नं. २ -श्रीनाथ बराल
१०. गुल्मी क्षेत्र नं. २ -रामकुमारी झाँक्री
११. पाल्पा क्षेत्र नं. २ - सोमप्रसाद पाण्डे
१२. रुपन्देही क्षेत्र नं. २ - राजु गुरुङ
१३. दाङ क्षेत्र नं. १ - मेटमणि चौधरी
१४. सल्यान- प्रकाश बुढाथोकी (ज्वालां)
१५. डोल्पा - धनबहादुर बुढा मगर
१६. दैलेख क्षेत्र नं. १ ९ अम्बरबहादुर थापा
१७. अछाम क्षेत्र नं. १- शेरबहादुर कुवँर
१८. बझाङ- भानुभक्त जोशी
१९. डोटी- प्रेमबहादुर आले

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?