निर्वाचनका दिन सार्वजनिक सवारीसाधन चलाउन पाइने

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका दिन सार्वजनिक यातायात सञ्चालन हुने भएका छन् ।

निर्वाचन आयोगले आज पत्रकार सम्मेलन आयोजना गर्दै अघिल्ला निर्वाचनमा जस्तो अनुमति लिएका सवारीसाधन मात्रै सञ्चानल गर्ने व्यवस्था यसपटक नरहेको जानकारी दिएको हो ।

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले सामान्य दिनमा जस्तैगरी सावारी सधान सञ्चानल नभए पनि यातायात व्यवस्था विभाग, यातायात व्यवसायी महासंघ, गृह मन्त्रालयसँगको समन्वयमा यातायातका साधानलाई सञ्चालन अनुमति दिइनेछ । अघिल्ला निर्वाचनमा सवारीसाधन सञ्चालनमा बन्देज हुँदा विभिन्न समास्या आएकाले आयोगले यस्तो निर्णय गरेको हो ।

सवारीसाधन सञ्चालन अनुमति पत्र लिनल भीड लाग्ने र विभिन्न दलहरूले वृद्धवृद्धालाई मतदानस्थलसम्म ल्याउन अप्ठयारो भयो भन्ने गुनासो आएपछि नियन्त्रित रुपमा सवारीसाधान खुला गरिएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?