३१ हिमाल आरोहणका लागि ९५ टिमलाई अनुमति

Read Time = 1 min

काठमाडौं । हिमाल आरोहणका लागि सात सय ५८ जनाले अनुमति पाएका छन् । पर्यटन विभागले ३१ हिमाल आरोहणका लागि ९५ टिमलाई अनुमति प्रदान गरेको हो । सबैभन्दा बढी मनास्लुमा धेरैले अनुमति पाएका छन् । यस वर्षको शरद ऋतुमा चार सय चारजनाले मनास्लु आरोहणका लागि अनुमति पाएका छन् भने सगरमाथाका लागि पाँचजनाले मात्रै अनुमति पाएका छन् ।

सबैभन्दा बढी आमादब्लमका लागि ५६, हिमलुङका लागि एक सय ३१, बरुत्से १७, धौलागिरिमा ३४ जनाले अनुमति पाएका छन् । पाँच सय ९७ पुरुष र एक सय ८८ जना महिलाले आरोहणका लागि अनुमति पाएको पर्यटन विभागले जनाएको छ । विभागले हिमाल आरोहीबाट ६५ करोड ९९ लाख रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?