डिप्रोक्समा आदर्श लघुवित्त गाभिने

Read Time = 1 min

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले बनेपामा केन्द्रीय कार्यालय रहेको आदर्श लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने भएको छ । चितवनको भरतपुरमा केन्द्रीय कार्यालय रहेको डिप्रोक्सले हालै प्राप्तिसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको हो । डिप्रोक्स लघुवित्तका अध्यक्ष दिपक खनाल र आदर्श लघुवित्तका अध्यक्ष सूर्यकुमारी श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ ।

हाल डिप्रोक्स लघुवित्तको चुक्ता पुँजी एक अर्ब १५ करोड ६२ लाख ४८ हजार रुपैयाँ रहेको छ भने आदर्श लघुवित्तको दुई करोड सात लाख रुपैयाँ चुक्ता पुँजी रहेको छ । डिप्रोक्सले एक्वायर गर्ने भएपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आइतबारदेखि आदर्श लघुवित्तको सेयर कारोबार रोक्का गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?