अनौठो ड्रेसिङ स्टाइलका कारण उर्फीको चर्चा

Read Time = 2 mins

मुम्बई । अभिनेत्री उर्फी जावेद आफ्नो ‘फेसन सेन्स’ र फरक ‘आउटफिट’का कारण चर्चामा रहने गर्नुहुन्छ । उहाँ आफ्नो असामान्य लुगाका कारण धेरैपटक ‘ट्रोल’ पनि हुनुभएको छ । तर, उर्फीले यस्ता कुराको वेवास्ता गर्दै इन्स्टाग्राममा नयाँ-नयाँ पोष्ट गर्नुहुन्छ ।

उर्फी फेरि एकपटक आफ्नो पहिरनका कारण ट्रोलको निशानामा पर्नुभएको छ । उहाँलाई यो अनौठो स्टाइलका लागि रुचाइएको पनि छ । हालै उर्फीले ट्रेडिशनल कपडामा आफ्नो ‘हट लेग्स’ देखाउनुभएको छ ।

आफ्नो अनौठो ड्रेसिङ स्टाइलका कारण चर्चामा रहने उर्फी ‘ये रिस्ता क्या कहलाता है’ र ‘कसौटी जिंदगी की’लगायत धेरै टिभी कार्यक्रमहरूको हिस्सा रहनुभयो । उहाँले बिग बोस ओटीटीबाट लोकप्रियता पाउनुभएको थियो । उर्फी टिभी शो स्प्लिट्सभिलामा पनि देखिनुभएको थियो ।

नयाँ नयाँ स्टाइलबाट चर्चामा आउने उर्फीका हर्कतलाई कसैले राम्रो मान्छन् त कसैले नाटक गरेको भन्ने गर्दछन् । २०१६ मा सोनी इन्टरट्रेनमेनले ल्याएको ‘बडे भैयाकी दुुल्हनिया’ मा अवनि पंतको भूमिकाबाट उर्फीले अभिनयको सुरुवात गर्नुभएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?