ललितपुरमा गठबन्धन : बागी उम्मेदवारीले कांग्रेस-माओवादीमा किचलो

Read Time = 3 mins

ललितपुर । स्थानीय निर्वाचनको क्रममा ललितपुरमा विवादैविवाद छ । गठबन्धनबाट अलग बनाएपछि नेकपा समाजवादीले जिल्लाभर आफ्नै उम्मेदवार उठाइसकेको छ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच पनि विवाद छ ।

माओवादी केन्द्रका नेता भगिरथ तिमल्सिनाले महाङ्काल गाउँपालिकामा बागी उम्मेदवारी दिएपछि गठबन्धनभित्र विवाद चर्केको हो । कांग्रेस जिल्ला सभापति जितेन्द्रकुमार श्रेष्ठ सहमतिविपरीत माओवादीबाट उम्मेदवारी परेपछि समस्या परेको र उम्मेदवारी फिर्ता लिनुपर्ने बताउनु हुन्छ ।

गठबन्धनको सहमति अनुसार महाङ्काल गाउँपालिका-१ र २ मा माओवादी केन्द्रलाई दिनुपर्ने दाबी गरिएको छ । तर, सहमति अनुसार नभएपछि आफूले उम्मेदवारी दिएको नेता लिमल्सिना बताउनु हुन्छ ।

श्रेष्ठ भने यो विषयमा सहमति नभएको दाबी गर्नुहुन्छ । ‘वडामा कुनै सहमति भएको थिएन । प्रकृयामा थियो । अध्यक्ष नेपाली कांग्रेसर उपाध्यक्ष माओवादी केन्द्रलाई दिने सहमती भने भएको हो’, उहाँले भन्नुभयो ।

बुधबारको बैठकपछि आआफ्नो पार्टीको विवाद मिलाउने सहमत भएको श्रेष्ठले बताउनु भयो ।

महाङ्कालमा विवाद मिलाउने क्रममा जिल्ला नेतृत्वको निर्णयविरुद्ध कांग्रेसका पालिका पदाधिकारीले सामूहिक राजिनामा दिनुभएको छ । कांग्रेस वरिष्ठ उपाध्यक्ष संजय लामा, वडा सभापति रामहरी दुलाल, कोषाध्यक्ष राजराम परियार र सदस्य बलराम घिमिरेले राजिनामा दिनु भएको हो ।

बागमती गाउँपालिकामा वडाध्यक्ष समेत रहेका विष्णु तिमल्सिना र स्थानीय नेता डोलकेशर दाहालले कांग्रेस निर्णय विपरीत क्रमशः अध्यक्ष र उपाध्यक्षमा बागी उम्मेदवारी दिएका छन् । कांग्रेसले वीरबहादुर लोप्चनलाई टिकट दिएपछि तिमल्सिनाले बागी उम्मेदवारी दिनुभएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?