मेरो पार्टी सदस्यता एमालेमै छ, बोलाए जान्छु : वामदेव गौतम

फाइल तस्वीर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । राष्ट्रिय सभा सदस्य एवं नेकपा एमालेका पूर्व उपाध्यक्ष वामदेव गौतमले एमालेमा फर्कने संकेत गर्नुभएको छ ।

राष्ट्रिय सभाको बैंठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग बोल्दै उहाँले एमालेले गरेको ७० वर्षे उमेरहद हटाउने निर्णयको स्वागत गर्दै एमाले पार्टीमा भएकाहरुले बोलाएमा आफू खुसीसाथ एमालेमा फर्कने घोषणा गर्नुभयो ।

उमेर हद हटाइएको यही अवस्था रहे हामी एमालेमा जान्छौँ, म मेरा साथीहरुसहित एमालेमा फर्किन्छु’, उहाँले भन्नुभयो,‘उहाँहरुले मलाई नै रोक्न ७० वर्षे उमेर हद ल्याएको आरोप लगाउँदै उहाँले भन्नुभयो, मैले त्यसबेला मेरो निम्ति मात्रै राख्नु भएको होइन होला, राख्नु भयो भने राख्नु भनेको थिएँ। अझै पनि ४/५ वर्षमा ७० वर्ष पुग्ने १०(१२ जना नेता छन्।’

यसअघि अध्यक्ष केपी शर्मा ओलीलाई ७० वर्षे उमेर हदका विषयमा आफूले तीन पटक यस्तो प्रस्ताव गरको बताउँदै उहाँले भन्नुभयो, ‘मेरो प्रस्ताव उमेर हद हट्नै पर्छ भन्ने थियो। उमेर हदका आधारमा कसैलाई विभेद गर्न पाइँदैन’, उहाँले भन्नुभयाे, ‘यदि मलाई आउनुस् तपाईं पनि बाटो खुल्यो भनेछन् भने म एमालेमा फर्किन्छु।’

पार्टी जोसँग उहाँले मलाई आइज भन्ने हो। मेरो सदस्यता अझै पनि त्यहीँ छ,अझै पनि त्यसको माया छ’, उहाँले भन्नुभयो, ‘मैले बनाएको पार्टी पूर्ण कम्युनिष्ट भइसकेको छैन। मलाई एमालेबाट हटाइसकेको छैन। मेरो सदस्यता अझै पनि एमालेमै छ। पोहोरसम्म सदस्यता शुल्क तिरिसकेको थियो।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?