मधेस प्रदेशका दुई स्वतन्त्र सांसद जसपामा प्रवेश

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । जनता समाजवादी पार्टीले मधेस प्रदेशका दुई स्वतन्त्र सांसदलाई आफ्नो पार्टीमा प्रवेश गराएको छ ।

महोत्तरी जिल्ला क्षेत्र नं. २ को (ख) बाट निर्वाचित स्वतन्त्र प्रदेश सांसद सुरिता साह र पर्सा निर्वाचन क्षेत्र नं. ३ को (क) बाट निर्वाचित स्वतन्त्र प्रदेश सांसद प्रमोद कुमार जैसवाललाई जसपाले प्रवेश गराएको हो ।

सांसद प्रदिप यादवका अनुसार नव प्रवेशीहरूलाई खादा टिका लगाई पार्टी अध्यक्ष उपेन्द्र यादवले पार्टी प्रवेश गराउनु भएकाे हाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?