सिड्नीमा भारी वर्षा, नदी आसपासका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह

Read Time = 3 mins

सिड्नी । केही दिनको भारी वर्षापछि नदीमा पानीको बहाव बढेपछि अष्ट्रेलियाको आपत्कालीन सेवाले आइतबार सिड्नी र त्यसभन्दा बाहिरका बस्तीका लागि उद्धार आदेश जारी गरेको छ । अधिकारीले पूर्वी राज्य न्यू साउथ वेल्समा २४ घण्टामा २८ वटा समूहलाई बाढीबाट उद्धार गरिएको जानकारी दिएका छन् ।

न्यू साउथ वेल्सको आपत्कालीन सेवाका आयुक्त कार्लीन योर्कले आइतबार पत्रकार सम्मेलनमा भन्नुभयो, ‘हाम्रा सडकहरूमा बाढीको अत्यधिक खतरा छ । नदीहरू अझै बढिरहेका छन् र यसका कारण धेरै आकस्मिक सेवाको जरूरी देखिएको छ ।

सिड्नीको उत्तरपश्चिमी किनारा र ‘न्यू साउथ वेल्स’का अन्य भागका तल्लो भेगका लागि एक दर्जनभन्दा बढी बाढी मुक्त गर्ने आदेश जारी गरिएको आपत्कालीन सेवाले जनाएको छ । राज्यका अन्य २० वटा जोखिममा रहेका क्षेत्रहरूमा पनि चेतावनी जारी गरिएको छ । उक्त क्षेत्रमा वर्षाका कारण नदीहरू बढ्ेका र डुवानको समस्या पनि देखिएकाले बाढीको जोखिम क्षेत्रका मानिसलाई सुरक्षितस्थलतर्फ जान भनिएको छ ।

राज्यको मौसम विज्ञान विभागका अनुसार आइतबार वर्षामा कमी आएको छ तर अझै पनि न्यू साउथ वेल्स तटको भित्री र मध्य भागका नदीहरूमा बाढी कमी आएको छैन । सन् १८५८ मा रेकर्ड राख्न सुरु भएयता सिड्नी शहरमा सबैभन्दा बढी वर्षा भएको अष्ट्रेलियाली मौसमसम्बन्धी निकायहरूले बताएका छन् ।

गत मार्चमा अष्ट्रेलियाको पूर्वी तट क्विन्सल्याण्ड र न्यू साउथ वेल्समा आएको भीषण आँधीबेहरीपछि आएको बाढीका कारण २० जनाभन्दा बढीको मृत्यु भएको थियो । गत जुलाईमा आएको बाढीका कारण सिड्नीका दशौँ हजार बासिन्दालाई अन्यत्र जान आदेश दिइएको थियो । रासस÷एएफपी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?